सिराहामा ट्रकको ठक्करबाट बसमा सवार ३ को मृत्यु

सिराहामा ट्रकको ठक्करबाट बसमा सवार ३ को मृत्यु

सिरहा, कात्तिक ४ गते।

सिरहाको मिर्चैया-६ मा बुधबार राती ट्रकको ठक्करबाट बसमा सवार ३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गमा ना ५ ख ४८८९ नम्बरको यात्रुवाहक बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले राती १२ बजे तिर ठक्कर दिएको थियो ।ठक्करबाट बसमा सवार भारत सिक्कीम ग्यान्टोक बस्ने ३३ बर्षिय पायल अग्रवाल सोही ठाउँका ३० बर्षिय विन्दीया गुरुङ्ग र जिल्ला पाँचथर रवी-६ बस्ने ३५ बर्षिया ननुका राईको घटना स्थलमै मृत्यु भएको छ भने काठमाण्डौ बस्ने अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, जिल्ला संखुवासभा धुपु–५ बस्ने दिलु कलाखेती , जिल्ला ईलाम आमचौक–३ बस्ने कसीस क्षेत्री, पशुपतिनगर–५ बस्ने लाक्पा तामाङ जिल्ला बारा सिमरा बस्ने हिरा कार्की, सोही ठाउँका अदिति कार्की, कृष्ण बहादुर कार्की, र जिल्ला पाँचथर रवि–५ बस्ने मनोज राई, घाइते भएका छन्।

घाइते मध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने अन्यको स्थानिय रेखा नर्सिङ्ग होम मिर्चैयामा उपचार भईरहेको छ।

ठक्कर दिने ट्रकका चालक मकवानपुर जिल्ला हेटौडा-३ बस्ने फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्