सरकारी कार्यालयहरुको हाजिरी छड्के

सरकारी कार्यालयहरुको हाजिरी छड्के

कलैया, ५ कात्तिक । जिल्ला प्रशासन कार्यालय बाराले बुधबार जिल्लास्थित कलैया अस्पताल, जनस्वास्थ्य, महागढीमाई नगरपालिका कार्यालयहरुको हाजिरी छड्के गर्दा ६४ जना कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाबाट थाहाभएको छ ।

सो कार्यालयका नासु शिवशङ्कर मुखियाको नेतृत्वमा रहेको टोलीले हाजिरी छड्के गर्दा कलैया अस्पतालका ३८ कर्मचारी, जनस्वास्थ्य कार्यालयका आठ र महागढीमाई नगरपालिकामा १८ जना कर्मचारीसमेत गरी ६४ जना कर्मचारी अनुपस्थित रहेका पाइएको थियो ।

कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने पनि थाहाभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्