भोजपुरमा नक्कली नोटसहित दुई पक्राउ

<span class='c1'>भोजपुरमा नक्कली नोटसहित</span> <span class='c2'>दुई पक्राउ</span>

भोजपुर, कार्तिक ५

भोजपुरको षडानन्द नगरपालिकाबाट प्रहरीले एक हजार दरका दुई थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ बस्ने ३० वर्षिय धुव्र दुमिहाङ राई र सोही स्थान बस्ने २९ वर्षिय सन्तोष राई रहेका छन्।

उनीहरु एक हजार दरका नक्कली नोट बोकेर गाउँमा रुद्राक्षको दाना खरिद गर्न हिड्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुको साथबाट घ १०००४००४६ र घ १०००४००६६ नम्बरको दुई थान नोट बरामद भएको छ।

दुबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खोटा चलन अन्तरगत मुद्दा दर्ता गरी म्याद थप गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्