जहदा गोल्डकपको सेमीफाईनलमा एपीएफ

जहदा गोल्डकपको सेमीफाईनलमा एपीएफ

केरौन । मोरङको केरौनस्थित जहदामा जारी राष्ट्यिस्तरको ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप फुटबल प्रतियोगिता’ को तेस्रो दिन सोमबारको खेलमा सशस्त्र प्रहरी झापा विजयी भई सेमीफाइनमा प्रवेश गरेको छ । नव प्रगतिशिल समाजसेवा क्लबले होटल युनिक एण्ड प्रुडेन्सियल टभल्स एण्ड टुर्स प्रालि काठमाडौंको मुख्य प्रायोजनमा सञ्चालन गरेको प्रतियोगितामा सशस्त्रले हिमकस्तुरी युवा क्लब सिरहालाई ३–० गोलले पराजित गरेको हो । प्रतियोगिताको सो खेलको पहिलो हाफको १७ औं मिनटमा फल किकको सदुपयोग गर्दै सशस्त्रका सुमित आलेमगरले प्रहार गरेको बललाई हेडमार्फत हरि कार्कीले गोलमा परिणत गरेका थिए । ३१ औं र ३३ औं मिनटमा खेम पोखरेलले गोल गरी ३–० को स्थितिमा पुर्याउन सफल भए । सो खेलमा खेमले नै म्यान अफ दी म्याचको पुरस्कार हात पारेका छन् । त्यसबीचमा सशस्त्रका हरि, खेम र सुशील राईले गोल पोस्ट नजिक पाएको बललाई गोल गर्ने ४ वटा सुनौला अवसरमा गुमाएका थिए । दोस्रो हाफमा सिरहाले खेल दवावमा राखेर गोल पर्फाउने प्रयत्न गरेपनि सशस्त्रले रक्षात्मक खेलेर सो प्रयत्न विफल पारिदियो । मंगलबारको अन्तिम क्वार्टर फाइनल खेल नाइजेरियन सहितका राष्ट्यि खेलाडी सहभागि चर्च व्वाइज क्लब काठमाडौं र धनकुटा फुटबल क्लबबीच हुनेछ । ८ टिमको प्रतिस्पर्धाबीच कार्तिक १३ गते हुने फाइनल प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र रनिड गोल्डकप प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ सहित कप प्राप्त गर्ने क्लब अध्यक्ष भूपाल श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्