सडक दुर्घटना रोक्न बेलबारीका यूवा सक्रिय

सडक दुर्घटना रोक्न बेलबारीका यूवा सक्रिय

उत्तम पोख्रेल

बेलबारी । सडक दुर्घटना बढदै जान थाले पछि बेलबारीका केही यूवाहरु सडक दुर्घटना कम गर्न लागी परेका छन । परिर्बतनका लागी यूवा समुह बेलबारीले अस्थाई ट्राफिक पोष्ट बेलबारीको प्रबिधिक सहयोग लिएर चेतनामुलक कार्यक्रम गर्न थालेको छ । बिभिन्न रचनात्मक कार्यक्रम गरेर सडक दुर्घटना घटाउन सकिने परिबर्तनका लागी यूवा समुह बेलबारीका यूवाहरु बताउँछन । दिन प्रतिदिन सवारीका साधानमा ज्यान गुमाउनेको सख्या बढे पछि यूवाहरु सडकमै गएर सवारी चालकलाई सम्झाउन थालेका छन । विभिन्न ब्यानार तथा प्ले कार्ड सहित भेला भएका यूवाले सडकमा गुडेका निजि देखि सार्बजनिक तथा भाडका गाडीलाई राकेर ट्राफिक नियम सिकाउन थालेका छन । ट्राफिक नियम मात्रै पालना गर्ने हो भने सवारीका घट्नामा कमि आउने यूवा समुहको भनाई रहेको छ । ट्राफिक नियम सिकाएर दुर्घटना कम गर्न लागी परेको परिर्बतनका लागी यूवा समुह बेलबारीका स्वयंसेवक सुदीप भण्डारीले बताए । यस भेगमा भएका दुर्घटनालाई नियाल्ने हो भने फेहरिस्त निक्कै लामो छ । भदौ १८ गते मोरङको सुन्दरदुलारीमा बसको ठक्क्रबाट एक जना पैदल यात्रीको मृत्यु भयो । त्यस्तै असोज १८ गते मोरङको गछियामा बसको ठक्कर बाट एक बृद्धाको मृत्यू भएको छ । ना ४ख ८२०२ नम्बरको बसको ठक्कर बाट ईटहरी ४ बस्ने ८३ बर्षिय मनमाया ढकालको मृत्यू भएको हो । यी त केही उदाहरण मात्रै हुन । पैदलयात्रीकै लागी समेत सडक जोखिममा बन्दै गएको छ । साँघुरो सडकमा हुने अस्वस्थ प्रतिपष्र्धाका कारण अकालमै ज्यान गुमाउन बाध्य बन्ने गरेका छन पैदलयात्री देखी सवारी साधनमै यात्रा गर्ने यात्रुहरु । सडक दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई ५ लाख दिने निर्णयले अझै दुर्घटना बढाएको यात्रुहरुको गुनासो छ । सडामा हुने दुर्घटना रोक्न लागी यूवाहरुले गरेको भुमिकाले सहयोग पुग्ने यातायात चालकहरुले बताउँछन । मादक पदार्थ सेवन गरी यातायातका साधन नचलाऔँ सधै ट्राफिक नियम पालना गरौँ लगायतका नारा सहित यूवाले सडकमा कार्यक्रम सञ्चालन गरेपछि बेलबारी आईपुग्दा झस्कने गरेको यातायात चालकले बताएका छन । सवारीका दुर्घटना रोक्नका लागी ट्राफिकले एक हप्ता सम्म सडकमा कार्यक्रम गर्ने अस्थाई ट्राफिक पोष्ट बेलबारीका असई लिला श्रेष्ठले बताए । असोज महिनामा मात्रै सडक दुर्घटनामा परि १६ जनाले ज्यान गुमाएका छन । साँघुरो सडकको अस्वस्थ प्रतिस्पर्धा रोक्नु जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्