वि.सी.सी दमक र पथरी शनिश्चरे– ११ सेमिफाइनलमा करन धिताल

वि.सी.सी दमक र पथरी शनिश्चरे– ११ सेमिफाइनलमा करन धिताल

विराटनगर ९ कात्तिक मोरङको पथरी स्थित आइतबारेमा जारी छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका क्वाटरफाइनलका खेलमा विजयी हुदै वि।सी।सी दमक र पथरी शनिश्चरे– ११ सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा वि।सी।सी दमकले आदर्श एकेडेमी बेलबारीलाई ४ विकेटले पराजित ग¥यो । ८५ रनको झिनो लक्ष्य लिएर जबाफी ब्याटिङको लागि मैदानमा उत्रिएको दमकले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाउँदै जित हात पा¥यो । दमकका लागि सोभित बास्कोटाले ३१ रन बनाए । बेलबारीका संगम दाहालले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेलबारी १९ दशमलब १ ओभरमा ८४ रनमा समेटियो । बेलबारीका कप्तान अमित भगतले ३५ रन बनाए । दमकका विवेक चौहान र संजीव मडेयाले समान ३ विकेट लिए । खेलको म्यान अफ द म्याच विवेक चौहान घोषित भए । यस्तै मंगलबारनै भएको अन्तिम क्वाटरफाइनल खेलमा पथरी शनिश्चरे ११ ले न्यू स्टार क्लब किर्तिपूरलाई ११ पराजित गर्दे सेमिफाइनल प्रवेश ग¥यो । पथरीले प्रस्तुत गरेको १ सय ७८ रनको लक्ष्य पछ्याएको किर्तिपूरले पूरै २० ओभर ब्याटिङ गरे पनि मात्र १ सय ६७ रन बनायो । किर्तिपूरका लागि अंकित सुवेदीले विष्फोटक ब्याटिङ गर्दे १९ बलमा ४५ रन बनाए पनि आप्mनो टिमलाई जित सम्म डो¥याउन सकेन्न । पथरीका रेवत थाक्सुले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पथरीले २० ओभर पूरै ब्याटिङ गर्दे ७ विकेटको क्षतिमा १ सय ७७ रन जोड्यो । पथरीका लागि म्यान अफ द म्याच समेत घोषित फणिन्द्र दाहाल ७० तथा राजु राइले ४० रन बनाए । किर्तिपूरका रिजन थापाले ३ विकेट लिए । प्रतियोगिता अन्तर्गत बुधबार सेमिफाइनलका खेलहरु हुनेछ । बुधबारको पहिलो सेमिफाइनल खेलमा दमकको वि।सी।सि र इटहरीको सेभन स्टार क्रिकेट क्लब तथा दोश्रो खेलमा पथरी–शनिश्चरे–११ र न्यू दमक क्रिकेट क्लब बिच खेल हुने प्रतियोगिता संयोजक हेमन्त ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्