झापा , कार्तिक ११ , झारफुक गर्ने बहानामा यौन दुव्र्यवहार गर्ने एक भारतीय नागरिक झापा बिर्तामोडबाट पक्राउ परेका छन् । १२ वर्षकी एक युवतीलाई भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुलले झारफुक गर्ने भनेर दुव्र्यवहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले महमदलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।