पाँचथरमा एक सय नौवाट झोलुङ्गे पुल निमार्ण

पाँचथरमा एक सय नौवाट झोलुङ्गे पुल निमार्ण

कविन्द्र शेर्मा , पाँचथर । पहाडी बनोट , प्रशस्त खोलानालाको कारण नेपालमा झोलुुंगे पुलको औचित्य अझै उत्तिकै छ । देशभरका गाउघर भरी सडक संजालको पहुँच पुगेपनि झोलुङ्गे पुल निमार्ण हुने क्रम रोकिएको छैन । पाँचथरमा एक सय नौवाट झोलुङ्गे पुल निमार्ण भैसकेको छ भने बनिसकेको कतिपय झोलुङ्गे पुल प्रयोगहिन अवस्थामा पनि पुगेका छन् ।
विकासको मुल आधार मानिएको सडकसंगै पक्की पुल निमार्ण पछि पाँचथर जिल्लामा रहेको कतिपय झोलुंगे पुलहरु प्रयोगविहीन अवस्थामा पुगेको छ । पाँचथरको ३८ वटै गाबिसमा झोलुङ्गे पुल निमार्ण भैसकेको छ । पुल बनेपछि सर्वसाधारण नागरिकलाई आवतजावत गर्न सहज भएको छ । झोलुङ्गे पुल बनेपछि जोखिमपुर्ण यात्रा गर्नुपर्ने अवस्था घटेको स्थानीयबासीको भनाइ छ ।

अहिले पाँचथरमा ११ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् भने दुई सयको संख्यामा निमार्ण गर्नु पर्ने माग पेश भएको छ । मध्यपहाडी राजमार्ग निमार्णको क्रममा ३ वटा झोलुङ्गे पुलमा क्षति पुगेर प्रयोगविहीन बनेको जिल्ला झोलुङ्गे पुल सहजकर्ताको भनाइ ।
अहिलेसम्ममा १० वाट पक्कीपुल निमार्ण भैसकेको र गाँउगाँउमा सडक संजाल पुगेकोले पनि अधिकांश झोलुङ्गे पुल प्रयोगविहीन हुनथालेको छ । पुल ममर्त तथा संरक्षणको अभावमा पनि पाँचथरमा रहेको झोलुङ्गे पुल प्रयोगमा आउन छाडेको जिल्ला प्राविधिक कार्यालयको भनाइ छ ।पाँचथरमा जिबिस, जिडब्लुएस, ब्यक्ति र श्रीजंगा ग्रामीण बिकास केन्द्र मार्फत झोलुङ्गे पुल बन्ने गरेको छ । पाँचथरमा बनेको पुलकोलागि एक सय १३ जना पुल रक्षकहरु राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्