माछा मार्न गएका पुरुष खोलाले बगाएर बेपत्ता

माछा मार्न गएका पुरुष खोलाले बगाएर बेपत्ता

सोलुखुम्बु, कात्तिक ११ 

सोलुखोम्बुको दुधकुण्ड नगरपालिका-६ स्थित सोलु खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर मंगलबार एक पुरुष बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा ओखलढुंगा भुसुने घर भइ जिल्ला विकास समिति सोलुखुम्बुका कार्यलय सहयोगी ३० बर्षिय छिरीङ शेर्पा रहेका छन्।

उनलाई दिउँसो २ बजेतिर माछा मार्ने क्रममा उक्त खोलाले बगाएको थियो। घटना बारे बुधबार मात्र अस्थायी प्रहरी पोष्ट दोर्पुमा जानकारी प्राप्त भएपछी प्रहरीको टोली खटिगई खोजीकार्य भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्