“क्यान्सल होलिडे” ट्रेन्ड सामाजिक सञ्जालमा लोकप्रिय हुदै

<span class='c1'>“क्यान्सल होलिडे” ट्रेन्ड सामाजिक</span> <span class='c2'>सञ्जालमा लोकप्रिय हुदै</span>

बिराटनगर कार्तिक ११ , सरकारले भारतीय राष्ट्रपति प्रनभ मुखर्जी नेपाल भ्रमण गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय बिरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । सरकारको यस्तो निर्णय प्रति युवाहरुले "#CancelHoliday" ट्रेन्ड फेसबुक तथा ट्विटरमा चलाएका छन् । उक्त ट्रेन्ड सुरु भएको केही घण्टा मै भाइरल भएको छ । सामाजिक सञ्जालमा सरकारले गरेको उक्त निर्णयको बिरोध गर्दै युवाहरुले उक्त दिन काम गर्ने र बिदा नलिने घोषणा गरेका छन् । भारतीय राष्ट्रपति मुखर्जी कार्तिक १७ देखि नेपाल भ्रमणमा हुनुहुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्