मोरङ, कार्तिक १६
मोरङको लेटाङ-भोगटेनीमा सोमबार धारिलो हतियार (खुकुरी) प्रहारबाट दुई युवकको हत्या भएको छ।
राती १ बजेतिर लेटाङ-भोगटेनी नगरपालिका ५ टुर्के भन्ने स्थानमा हुर्रा नाच हेर्नेक्रममा विवाद हूँदा खुकुरी प्रहारबाट मोरङ केराबारी ९ का दिपेन गुरुङ र सोनाम गुरुङको हत्या भएको हो।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुबै जनालाई उपचारकालागी नोबेल अस्पताल विराटनगर ल्याइएकोमा बिहान ०३३० बजे उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।
घटनाको कारण र घटनामा संलग्नहरुको पहचान तथा खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।