मिरोस्लाभ क्लोजले लिए फुटबलबाट सन्यास

मिरोस्लाभ क्लोजले लिए फुटबलबाट सन्यास

जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबलबाट सन्यास लिएका छन् ।

बार्यन म्युनिखका पूर्व स्ट्राइकर क्लोजले सन् २०१४ मा आफ्नो देशलाई विश्वकप जिताएका थिए । र, १६ गोल गर्दै विश्वकप फुटबलको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत बनाए ।

उनले बार्यन म्युनिखबाट दुई पटक बुन्डेजलिगा जिते । तर, गत सिजन लाजिओ छाडेपछि क्लबबिहीन थिए ।

अब क्लोज जर्मनीको कोचिङ स्टाफ बन्नेछन् । उनलाई जर्मन टोलीका प्रशिक्षक जोचिम लोले बोलाइसकेका छन् ।

पोल्याण्डमा जन्मिएका क्लोलले जर्मनीबाट २००१ मा डेब्यू गरेका थिए । देशका लागि १३७ खेल खेलेका उनले २०१४ जुनमा गर्ड मुलुरको ६८ गोलको ४० वर्ष पुरानो रेकर्ड तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्