सुनसरी बास्केटबलमा नारायण सुवेदी

सुनसरी बास्केटबलमा नारायण सुवेदी

जिल्ला बास्केटवल संघ सुनसरीको चौथो अधिवेशनले नारायण सुवेदिलाई सर्वसम्मत रुपमा अध्यक्षको रुपमा चयन गरेको छ । कार्तिक १९ गते शुक्रवार सम्पन्न जिल्ला भेला तथा अधिवेसनले सुवेदिको अध्यक्षतामा ११ जना कार्यसमिति चयन भएको छ ।
सचिवमा विकास चाम्लिङ राई, सहसचिव युगल लिम्वु, कोषाध्यक्ष जिवन लिम्वु र सदस्यहरुमा वसन्त राई, नविन राई, हेमन राई, आशा राई, रोशन राई, प्रदिप गुरुङ्ग र रवि बास्फोर सर्वसम्मत रुपमा चयन भएका थिए । त्यस्तै गरि समितीको सल्लाहकारमा सुरजकुमार लामा, सुधिर लिम्वु, कृष्ण राई, खगेद्र रिजाल र सुजनमान श्रेष्ठ चयन भएका छन । सोहि भेलाले यहि कार्तिक २६ गते काठमाण्डौमा हुन लागेको नेपाल बास्केटवल संघको केन्द्रिय अधिवेशनमा सल्लाहकार सुरजकुमार लामा र जिल्ला बास्केटवल संघ सुनसरीका नवनियुतm सचिव बिकास चाम्लिङ राईलाई जिल्ला प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेका छन ।
सो भेलामा संघका नवनियुतm अध्यक्ष नारायण सुवेदिले यहि कार्तिक २६ गते सम्पन्न हुन लागेको केन्द्रिय अधिवेशनमा सुनसरी जिल्लाले केन्द्रिय उपाध्यक्षको दावि गर्ने र सोका लागि जिल्लाको तर्फ वार्ट जिल्ला संघका सल्लाहकार तथा प्रतिनिधि सुरजकुमार लामाले उम्मेद्धारी दिने घोषणा गरेका छन । त्यसका लागि अन्य जिल्लाहरु संग पनि सहकार्य गर्ने उनले वताए । २४ गतेनै अधिवेशनमा भाग लिन प्रस्थान गर्ने संघका सल्लाहकार तथा प्रतिनिधि सुरजकुमार लामाले जानकारी गराए ।
जिल्ला भेला तथा अधिवेशन केन्द्रिय कमिटीका सदस्य सुरजकुमार लामाको प्रमुख आतिथ्य र सुनसरी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष धनप्रसाद राईको विशेष अतिथीमा संपन्न भएको थियो । कार्यक्रममा सुनसरी जिल्ला भरिका बास्केटवल क्लवका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्