सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी गोदाममै थन्कियो

<span class='c1'>सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ</span> <span class='c2'>रुपैयाँको सुपारी गोदाममै थन्कियो</span>

काँकडभिट्टा झापा, २३ कात्तिक । दुई वर्षदेखि किसानले उत्पादन गरेको करिब दस हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ ।

जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

जिल्लामा दुई हजार ६८५ हेक्टरमा वार्षिक ९ हजार ७०० मेट्रिक टनभन्दा बढी सुपारी उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको काँचो सुपारी भारतले खरिद गर्न नमान्नु, नेपालमै प्रशोधन कारखाना नहुनु जस्ता कारणले किसान मारमा परेका अध्यक्ष खतिवडा बताउनुहुन्छ ।
जिल्लाका शनिअर्जुन नगरपालिका, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, चारपाने, खुदुनाबारी, दुवागढी, धाइजनलगायत गाविसमा किसानले व्यावसायिक सुपारी खेती गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्