अगाडि बढ्दै नेपाली फुटबल – भूमिका पाख्रिन

अगाडि बढ्दै नेपाली फुटबल – भूमिका पाख्रिन

म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान सागर थापा सहित केही खेलाडी प्रतिबन्धित भएसंगै फुटबलमा नेपालको गतिलो सुरुवात भएको छ भन्दा अतियुत्ति नहोला । हुनपनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट लज्जास्पद हार साथै उपाधिविहीन बन्दै घर फर्किनु अथवा घरेलु मैदान मै पनि उल्लेखनीय प्रस्तुति देखाउन नसक्नाले नेपाली फुटबल आम खेलकुदप्रेमी माझ आलोचनाको विषय बन्दै थियो । एकातिर खस्कदै गएको फिफा ¥याङ्किङ् त्यस्तै अर्कोतर्फ खेलाडीको खस्कदो प्रदर्शन । वास्तव मै नेपाली फुटबल कस्तो अवस्थातर्फ धकेलिदै थियो स्पस्ट नै थियो, आम फुटबलप्रेमी माझ । आखिर यस्तो अवस्था सधै रहेन, नेपाली फुटबलमा देखिएका विकृतिलाई पन्साउदै नेपाली फुटबललाई माथी उकास्नका लागि नेपाल प्रहरीले पनि निर्णायक भूमिका निभाउन सफल भयो ।

 

अन्तत तत्कालिन कप्तान सागर थापासहित केही खेलाडी पक्राउ परेपछि नेपाली खेलकुद एकाएक चर्चामा आयो । खेलाडीहरु प्रतिबन्धित भएभने त्यसपछिका दिनमा नेपाली फुटबलले वास्तवमै नया युगको थालनी ग¥यो । नवयुग श्रेष्ठ, अञ्जन विष्टलगायतका खेलाडीहरु उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन मष्तिस्कमा बस्न सफल भए । नेपालले बंगलादेशमा बंगबन्धु गोल्डकप तथा भारतमा भएको १२ औं सागमा फुटबलमा स्वर्ण जितेसंगै नेपाली खेलकुदप्रेमीमा फुटबलमा देखिएको नैराश्यतालाई चिर्न सफल भए । वास्तव मै नेपाली फुटबलले एकाएक गतिलिन थालेको छ, जुन सरहानीय छ । कमजोर व्यवस्थापन, खेल क्षेत्रमा हुने राजनीति, अभ्यासका लागि उपयुक्त मैदान समेत नभएको यो अवस्थामा खेलाडीले जुन सम्भावना देखाएका छन्, यसबाट भविष्यमा अझै राम्रा अनि ठूल्ठूला प्रतियोगिताबाट पदकको आसा गर्न सकिन्छ । खेलाडीलाई खेलहुँदा सम्झने र अरुबेला मतलब नदिने हो भने खेलाडीहरुपनि खेल क्षेत्रबाट पलायन नहोलान भन्न सकिन्न । सरकारले पदक जितपछि खेलाडीलाई प्रोत्साहन स्वरुप दिने पैसा भन्दा खेलाडीलाई खेल्ने वातावरण मिलाउनुको साथै भौतिक पूर्वाधारहरुको दीगो व्यवस्थापन गर्न ध्यान दिनसके नेपाली फुटबल अझै दु्रत गतिमा अगाडि बढ्नेकुरामा दुइमत नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्