प्रहरीदेखि पदाधिकारी, कर्मचारीदेखि ठेकेदारको सेटिङ

<span class='c1'>प्रहरीदेखि पदाधिकारी, कर्मचारीदेखि</span> <span class='c2'>ठेकेदारको सेटिङ</span>

 

विशेष सवाददाता, पूर्वाञ्चल

गत शुक्रबार अखिल नेपाल चिकित्सक संघको २७ औं सम्मेलन धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा चलिरहँदा गैरआवासिय नेपाली महासंघका संस्थापक अध्यक्ष उपेन्द्र महतो प्रतिष्ठानका उपकूलपति डा. वीपी दास र स्वास्थ्य मन्त्री गगन थापालाई भेटाउन सक्रिय रहे ।

औपचारिक रुपमा सम्मेलनमा सहभागी नभएपनि महतोले डा. दास र स्वास्थ्यमन्त्री थापालाई एउटै टेवलमा राखेर प्रतिष्ठानका बारेमा विभिन्न सञ्चार माध्यममा आएका कुरालाई गम्भिरता पूर्वक नलिन आग्रह गरे । बिहान प्रतिष्ठान स्थित डा. दासको क्वाटरमा भएको त्रिपक्षिय भेटमा महतोले डा. दासका पक्षमा बोल्दै मिडियामा आएका कुराहरुमा गम्भिरता पुर्वक नलिन तथा दासलाई आगामी एक कार्यकाल उपकूलपति दिन मन्त्रीलाई आग्रह गरेका छन् । ‘माननीय ज्यू बाहिर आएका हल्लाका पछि लाग्नुको कारण छैन, बरु हामीलाई सहयोग गरिदिनु प¥यो ।’ महतोले भनेको श्रोतको दावि छ ।

प्रतिष्ठान श्रोतका अनुसार दास, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, महतो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिं कार्की विद्यार्थी कालदेखिका मित्र भएको र पछिल्ला दिनहरुमा तीन जनाको विषयमा विभिन्न समाचार आएपछि महतोले मध्यस्तकर्ता बनेर कुरा मिलाउन त्रिपक्षिय बार्ता गरिएको हो । अनौपचारिक भेटघाटमा आउँदो पौषमा आफ्नो ५ वर्षे कार्यकाल पुरा गरी विदा हुने दासलाई एकपटक पुनः उपकूलपति नियुक्त गर्न आग्रह गरिएको श्रोतको दावि छ । ‘चिकित्सक संघको सम्मेलनमा उपेन्द्र महतो, स्वास्थ्य मन्त्री थापा र डा. दासको त्रिपक्षिय भेट भएको छ, उनिहरुले स्वास्थ्य मन्त्रीलाई पीजी स्पोन्सर कोटामा भएको अनियमिततामा कारवाहि नगर्न र एक पटक उपकूलपति नियुक्त गर्न अनुरोध गरेका छन्’ प्रतिष्ठान श्रोत दावि गर्दछ ।

दास, महतो र अर्यालको अन्र्तसम्बन्ध

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल उपकूलपति डा. दास तथा महतो विच विद्यार्थी काल देखिको सम्बन्ध छ । डा. दास, महतो र अर्यालले महेन्द्र मोरङ क्याम्पसमा आइएस्सी सँगै अध्ययन गरेको श्रोतको दावि छ । गत भदौमा प्रतिष्ठानमा प्रहरी विधि विज्ञान प्रयोगशाला स्थापना गर्न दासले अर्याललाई सहयोग गरेपछि अर्याल र दासको सम्बन्ध ‘नङमासु’ बराबर भएको थियो ।

अख्तियार र स्वास्थ्य मन्त्रालयमा दासले गरेका भ्रष्टाचारका दर्जनौ उजुरी परेपछि महतोलाई सम्पर्क सुत्र बनाएर उनी चोखिने दाउमा छन् । यसको पछिल्लो उदाहरण प्रतिष्ठानमा पीजी स्पोन्सर कोटामा प्रतिष्ठानकै शैक्षिक शाखालाई वाइपास गरी पीजी इन्ट्रान्स परिक्षामा सहभागी नभएका, मेडिकल काउन्सिलको परीक्षामा समेत सहभागी नभएका तीन विद्यार्थीलाई ठाडो आदेशमा भर्ना गर्न दवाव दिएको घटनालाई लिन सकिन्छ । यो केसमा स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेरै दासको कूकृत्यको पर्दाफास गरेको थियो । त्यहि केसलाई मिलाउन डा. दास, प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, प्रहरी महानिरिक्षक अर्याल र अख्तियारका लोकमान सिं कार्कीका विस्वासपत्र आयुक्तले राजधानी स्थित एक होटलमा गोप्य मिटिङ नै गरेका थिए ।

अख्तियारको दराजमा उजुरीका चाङ

प्रतिष्ठानमा हुने कर्मचारी नियुक्ति, विद्यार्थी भर्ना प्रक्रिया, इन्ट्रान्स परीक्षा, औषधि तथा उपकरण खरिद, टेण्डर प्रक्रिया देखि ठेक्कापट्टाका अनेकौं काममा दासले आप्mना मान्छे सेटिङ गर्न राखेका छन् । दासका विरुद्धमा अख्तियारमा उजुरीको चाङ लागेको छ । स्वयं अख्तियारले तीन पटक प्रतिष्ठानमा छापा मारेको छ । दर्जनौं फाइलहरु ल्याएको छ । तर, पद र पैसाको ब्यापक दुरुपयोग गर्दै अख्तियार प्रमुख कार्की, प्रहरी महानिरिक्षक अर्याल, एनआरएन पूर्व अध्यक्ष महतो तथा वरिष्ठ प्रहरी उपरिक्षक रविन्द्रराज शर्मा समेतलाई प्रभावमा पारेर दास अकूत सम्पत्तिका मालिक त भए तर, पूर्वाञ्चलका जनताको स्वास्थ्य सेवासँग प्रत्यक्ष सरोकार राख्ने वीपी प्रतिष्ठानलाई खोक्रो बनाए ।

यी फाइलहरु कता हराए ?

वीपी प्रतिष्ठानबाट अख्तियारले नियन्त्रणमा लिएका दर्जनौं फाइलहरु अख्तियारका दराजमा थन्किएका छन् । कुनैपनि केसमा अख्तियारले छानविन गर्नुपरे दुई तीन महिना भित्र केस टुङगोमा पु¥याउनु पर्ने हुन्छ । तर, प्रतिष्ठानबाट दुई तीन वर्षयता तानिएका कुनैपनि केस सल्टिएका छैनन् । अख्तियार श्रोतका अनुसार प्रतिष्ठानका फाइललाई नत तामेलीमा राखिएको छ नत अनुसन्धान नै गरिएको छ ।

क्याथ ल्याव खरिदमा अनियमितता

अख्तियारमा उपकूलपति डा. दास र प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. प्रल्हाद कार्कीले मिलेर हस्पिटेक इन्टरप्राइजेजबाट खरिद गरिएको क्याथ ल्यावमा समेत चार करोडको चलखेल भएको उजुरी छ । त्यसमा हस्पिटेकका मालिक बिशाल पण्डित, दास र कार्कीलाई समेत विपक्षी बनाईएको छ । प्रतिष्ठानमा भएकोे क्याथ ल्याव पुरानो भयो भनेर करिब ६ महिना अघि नयाँ खरिद गरिएको हो ।

मोडुलर अपरेशन थिएटर

प्रतिष्ठानले डेढ महिना अघि करिब १३ करोडको मोडुलर अपरेसन थिएटर खरिदका लागि टेण्डर आब्हान ग¥यो । टेण्डरमा इष्ट वेष्ट, तारा एण्ड कम्पनी, ¥याकल इन्टरनेशनल, हस्पिटेक र मेडिट्रन कम्पनीले कोटेशन हाले । तर, स्पेशिफिकेशनमै मेडिट्रेन कम्पनीलाई पार्ने गरि सेटिङ गराईयो । भित्रीकुरा यो छ की प्रतिष्ठानले कोटेशन गरेको एमओटी १.५ टेष्ट ल्यावको बजार मुल्य चार करोडभन्दा बढि छैन तर, स्पेशिफिकेशनमा सेटिङ गरेर १३ करोडमा खरिद गर्न स्विकृत गरिएको छ । प्रतिष्ठान श्रोतका अनुसार मेडिट्रनले उक्त एमओटी खरिदमा उपकूलपति दास, निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, सर्जरी विभागका डा. शैलेश अधिकारी, खरिद र मुल्याङकन समितिका पदाधिकारीलाई सात करोड भन्दा बढि कमिसन दिएको छ । मेडिट्रनका मालिक ब्यापारी श्याम कर्माचार्य जो नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईराला निकट ब्यक्ति हुन् । यो विषयमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल, राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

विद्युतिय मर्मत संहार ठेक्कामा अनियमितता

अस्पताल जस्तो संवेदशील क्षेत्र भएकोले २४ सै घण्टा विद्युतको ब्यवस्था गरिएको छ । प्रतिष्ठान भित्रको विद्युत तथा विद्युतीय सामग्री मर्मत संहार गर्न ठेक्का लगाइने गरिएको छ । करिब तीन वर्ष अघिको इ–टेण्डरमा खरिद शाखा र मुल्याङकन शाखाले सेटिङ मिलाएर कस्मिक इलेक्ट्रिकल इन्जिनियरिङलाई ठेक्का दिइयो । यसमा पनि स्पेशिफिकेसन गर्दा नै सेटिङ मिलाइयो । श्रोत अनुसार कस्मिकका मेनेजिङ डाइरेक्टर महेश महतोले खरिद र मुल्याङकन समितिलाई राम्रै नजराना बुझाए । यो टेण्डर करिब साढे तिन करोडमा विट भएको थियो ।

सेक्युरिटी सर्भिस ठेक्कामा अनियमितता

प्रतिष्ठान हाता भित्रको सुरक्षाका लागि निजी सुरक्षा कम्पनीलाई ठेक्का दिइने गरिन्छ । यस पटक केटिएम सेक्युरिटी सर्भिसले उपकूलपति दासको निगाहमा ठेक्का विट ग¥यो । यस वापत दासले केटिएमको कार्यालय आफ्नो निजी भवनमा भाडामा राख्न लगाएका छन् । केटिएम त्यो कम्पनी हो, जसका ब्राण्ड एम्बासडर हास्य कलाकार सन्तोष पन्त हुन् । जसले केहि महिनाअघि केटिएम सेक्युरिटी अन्र्तगत वीपी प्रतिष्ठानमा महिला सुरक्षा गार्डमाथि यौन दुब्र्यहार गरेका थिए । केटिएमका प्रमुख रामेश्वर शाह डा. दासमा परम मित्र हुन् ।

सेक्युरिटी सर्भिसलाई फार्मेसिष्टको ठेक्का

हाल सालै सरकारले सरकारी स्वास्थ्य संस्थाहरुले आफैं मेडिकल पसल सञ्चालन गर्नुपर्ने प्रावधान ल्याएपछि वीपी प्रतिष्ठानको मेडिकल हल सञ्चालनका लागि केटिएम सेक्युरिटीबाट जनशक्ति ल्याइने सम्झौता गरिएको छ । सुरक्षाको काम गर्ने कम्पनीलाई फार्मेसिष्टहरु सप्लाई गर्ने ठेक्का कसरी दिइयो ? स्वयं प्रतिष्ठानका कर्मचारी प्रतिप्रश्न गर्छन् । केटिएम सेक्युरिटीबाट प्रतिष्ठानका उपकूलपति डा. दास र रजिष्ट्रार श्रेष्ठका लागि एक एक ओटा पिए राखिएको छ ।

भिसी र रजिष्ट्रारलाई केटिएमका पिए

प्रतिष्ठानमा सक्षम कर्मचारी हुँदाहँुदै केटिएमको स्वार्थमा राखिएका पिएले प्रतिष्ठानका अति गोप्य फाइलहरुसमेत चुहाउने गरेका छन् । नेपाल सरकारको नीति नियम अनुसार बाहिरबाट पिए हाइयर गर्न पाइन्न । केटिएमले रेजिष्ट्रारका लागि गोकूल खनाल र उपकूलपतिका लागि दिप्ती श्रेष्ठलाई पिएको रुपमा प्रतिष्ठान पठाएको छ । यस अघि उपकूलपतिका लागि पिए बनाएर पठाएको नैना लिम्बूको यौन आचरण ठिक नभएको पाइएपछि हटाइएको थियो ।

जापनीज एसि भन्दै मलेसिएन हाल्दै

प्रतिष्ठान हाताभित्र करिब चार वर्ष अघि १५ करोडको लागतमा निर्माण गरिएको मेडिकल कलेजको भवनमा ठेकदार लामा कन्स्ट्रक्सन प्रा.लि.ले प्रतिष्ठानका पदाधिकारी सँगको साँठगाँठमा कमसल सामान प्रयोग गरी व्यापक भ्रष्टाचार गरेको भएपनि कारवाहि भएन । सम्झौता अनुसार निर्माण सम्पन्न भएका तिन वटा भवनमा वातानुकुलिन एयर कण्डिसन मेशिनहरु जापनीज कम्पनीको राख्नुपर्ने भएपनि ‘मेक्वे’ नामक मलेसियन कम्पनीको सस्ता एसीहरु राखिएको छ । सम्झौतामा जापनिज कम्पनीका एसिहरु प्रति एसी ५२ हजारका दरले जडान गर्नुपर्ने भनिए पनि सम्झौता विपरित ‘मेक्वे’को एसि जडान गरिएको छ । तर, भुक्तानी भने जापनिज एसी कै दररेटमा गरिएको छ । तत्कालिन अवस्थामा करिब ६० वटा एसीबाट मात्र लाखौं रुपैंया अनियमितता भएको देखिन्छ । यो विषयमा समेत अख्तियारमा उजुरी परेपनि अख्तियारले कुनै कदम उठाएन ।

इन्ट्रान्स परीक्षामा चलखेल

नेपालकै उत्कृष्ट परीक्षा प्रणाली रहेको दावि गर्ने वीपी प्रतिष्ठानले एमविविएसको इन्ट्रान्स परीक्षामा विगत केहि वर्षयता विवाद आउन थालेको छ । प्रवेश परीक्षामा प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, अख्तियारका केहि आयुक्त समेतले सेटिङ मिलाएको विषयमा अख्तियारमा उजुरी परेको बर्षौं भईसक्यो ।

अस्पताल निर्देशकको कमाउ धन्दा

अहिले प्रतिष्ठानमा २४ करोडका लागतमा नयाँ भवन बनाउन टेण्डर आब्हान गरिएको छ । तर, १३ करोड लागतमा सम्पन्न हुने भवनलाई अस्पताल निर्देशक डा. अरविन्द कुमार सिन्हाले २४ करोडमा ठेक्का लगाउने तयारी गरेका छन् । सिन्हाले आफ्नो कार्यकाल सकिन लागेको अवस्थामा ठेकेदारसँगको मिलेमतोमा लागत इष्टिमेट बढाएर कमिसन खान खोजेको प्रतिष्ठान श्रोतको दावि छ । यस विषयमा बुभ्mन सिन्हाको मोवाइल नं. ९८५२०४७५४४ मा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
प्रतिष्ठानको रेडियोलोजी विभागमा खरिद गर्ने विभिन्न उपकरणहरु अस्पताल निर्देशक र उपकूलपतिले विभागिय प्रमुखको सल्लाह र सुझाव बिनै खरिद गर्ने गरेका छन् । नियमावली अनुसार कुनैपनि सामान खरिदका लागि विभागीय प्रमुखको हस्ताक्षर आवश्यक हुन्छ, तर, प्रतिष्ठानले विभागीय प्रमुख डा. आरके रौनियारलाई वाइपास गरेर सामान खरिद गर्ने गरेको स्वयं रौनियार बताउँछन् ।

मुल्याङकन र खरिद शाखाको मनपरी
प्रतिष्ठानको खरिद समितिको संयोजकमा डा. आशिष श्रेष्ठ रहेका छन्, जो उपकूलपति डा. दासका खास मान्छे हुन् । समितिका सदस्यहरुमा सुमनबहादुर सिंह, रमेश पण्डित, विष्णु चापागाँई, शिवनारायण शाह र राहुल मिश्र छन् । यता मुल्याङकन समितिमा डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, प्रभातरञ्जन पोखरेल, रुपा सिंघाची, नारायण चापागाई, सागर ताम्राकार, इ.मदन शाह, इ. राकेश दास, राहुल मिश्र रहेका छन् । यिनीहरुले टेण्डर प्रक्रिया देखि स्पेशिफिकेसनसम्ममा ब्यापारी ठेकदारसँग सेटिङ मिलाउने गरेको प्रतिष्ठान श्रोतको दावि छ ।
यसरी हुन्छ सेटिङ

प्रतिष्ठानमा आवश्यक मेसिन तथा उपकरण खरिद गर्दा एउटै कम्पनीसँग दुरुस्त मिल्ने गरि स्पेशिफिकेसन तयार गर्ने÷गर्न लगाउने र सोही कम्पनीको मेसिन तथा उपकरण स्विकृतका लागि प्रभावित गर्ने र स्विकृत गर्न बाध्य पार्ने गरिन्छ । जसले गर्दा सिमित बिक्रेताले मात्र बोलपत्र पेश गर्ने गर्दछन् भने खरिद शाखा र मुल्याङकन शाखाका पदाधिकारीको सेटिङमा बजार मुल्यभन्दा दुईदेखि तीन गुणा बढि मुल्यमा खरिद गर्न स्विकृत गरिन्छ ।

अलपत्र छन् प्रतिष्ठानका सम्पत्ति

प्रतिष्ठानको भौतिक सम्पत्ति धरान र धरानबाहिर समेत रहेपछि त्यसको उचित संरक्षण हुन सकेको छैन । धरानको छाताचौकमा झण्डै १ विगाहा जमिन र त्यसमा बनेको भवन छ । धरानको पुरानो अस्पताल प्रतिष्ठानलाई आम्दानीको श्रोत बनाउन भनि दिईएको दशक बढि भयो । तर, प्रतिष्ठानले सदुपयोग गर्नभने सकिरहेको छैन । १७ वर्ष अघि मोरङको हरैँचामा प्रतिष्ठानले खरीद गरेको अढाई बिगाहा निजी जमिनमा औषधी फ्याक्ट्री बनाउने भनियो । झण्डै ६ करोड रुपैँयामा खरिद गरिएको उक्त जमिन के कस्तो अवस्थामा छ प्रतिष्ठानका पदाधिकारीलाई नै थाहा छैन ।

प्रतिष्ठानको दक्षिण तर्फ पर्ने १०० विघा जंगल बन मन्त्रालयले उपयोगको लागि प्रतिष्ठानलाई दिएको छ । सो जंगललाई सदुपयोग गर्दै एग्रो फरेष्ट्री, अर्गानिक खेती, इकोपार्क बनाउन सकिन्छ । तर, योजना विहिन प्रतिष्ठानमा पदाधिकारी कसरी नेपाल सरकारलाई धुत्ने र करोडौं अरबौंका योजना ल्याएर कमिसन खाने दाउमात्र गर्दछन् ।

चाहेको व्यक्तिलाई टेण्डर पार्न नसके टेण्डर खोलिसकेपछि पनि खरिद प्रक्रिया नै रद्द गर्ने, आफू अनुकुलका व्यक्तिलाई टेण्डर पार्न उनीहरूका कम्पनीको डिटेल लिएर ‘स्पेशिफिकेसन’ बनाउने जस्ता कार्य गरी भ्रष्टाचार हुने गरेका छन् ।

भिसीको विशेषाधिकार

प्रतिष्ठान भित्र आफनो स्वार्थ अनुकुल खरिद बिक्री, नियुक्ती सरुवा, बढुवामा सेटिङ मिलाउन भिसीले एउटा बिशिष्ट अधिकार प्रतिष्ठानको नियमावलीले प्रदान गरेको छ । जुन अधिकार प्रतिष्ठानको नियमावली ६ को ६.४ मा उल्लेखित उपकुलपतिको काम, कर्तव्य, अधिकारको महलले दिएको छ । ‘उपकुलपतिले प्रतिष्ठानले गर्नुपर्ने कार्यहरु मध्ये यस नियमावली द्वारा अन्य कुनै निकाय वा पदासिनहरुलाई प्रदान नगरिएको अवशिष्ट अधिकारहरुको प्रयोग गर्ने छ । निजले त्यस्तो अवशिष्ट अधिकारको प्रयोग गरेको जानकारी लगत्तैपछि हुने परिषदको बैठकलाई दिई त्यसको अनुमोदन गराउनु पर्नेछ ।’ प्रतिष्ठानको उपकुलपतिहरुले सो अवशिष्ट अधिकारहरुलाई कति राम्रो काममा प्रयोग गरे कति नराम्रा काममा प्रयोग गरे त्यो भने सिनेटका सदस्यहरुले मूल्याङ्कन गर्ने कुराहरु हुन् । तर, कक्टेल पार्टी सहित सम्पन्न हुने सिनेट बैठकले अहिलेसम्म कुनै भिसी माथि खोट देखाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्