झापा, मंसिर ५
झापाको शरणामती गाविस ४ स्थित रानी सामुदायिक वनमा आइतबार जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षकी झुमादेवी भट्टराई रहेकी छिन।
भट्टराईलाई आइतबार बिहान जंगलमा घाँस दाउरा गर्न गएकी बेला ३/४ वटाको समुहमा रहेको जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ।