ईलामको कोल्बुङमा ट्रक र सुमो जुध्दा १० घाइते

ईलामको कोल्बुङमा ट्रक र सुमो जुध्दा १० घाइते

ईलाम, मंसिर ७

मेची राजमार्ग अन्तरगत ईलामको कोल्बुङ २ मा मंगलबार बिहान ट्रक र सुमो जुध्दा १० जना घाइते भएका छन्।

ईलामबाट झापातर्फ आउदै गरेको ना. ४ ख २९९२ नम्बरको ट्रक र झापा दमकबाट ताप्लेजुङ पाथिभरा मन्दिर हिडेको को.१ च ७५५२ नम्बरको टाटा सुमो बिहान १०१५ बजे एक अर्कासंग ठोक्किएको हो।

दुर्घटनामा सुमो चालकसहित ४ गम्भीर तथा ६ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइतेहरुको बिएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।

अन्य ६ जना सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्