विद्युत् चोरीको आरोपमा तेइस पक्राउ

<span class='c1'>विद्युत् चोरीको आरोपमा</span> <span class='c2'>तेइस पक्राउ</span>

लहान, ८ मङ्सिर । विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेका छन् ।

विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ्ग गरी बिधुत् चोरी गरिरहेको अवस्थामा जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना, शोभापुर, भदैयालगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालय लहानका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो ।

 

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिने उहाँले बताउनुभयो । कार्यालय प्रमुख यादबका अनुसार, विधुत् चोरीको आरोपमा कार्यालयले साउनदेखि हालसम्म ८१ जनालाई पक्राउ गरिएको र उनीहरुबाट विद्युत् मोटर, फ्रिज, टेलिभिजन, पङ्खालगायतका ५६ थान समान समेत बरामद गरिएको छ ।

पक्राउ परेकाबाट जरिवाना स्वरुप रु सात लाख ९३ हजार चारसय सङ्कलन भएको पनि उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्