दमक पब्लिक लाइब्रेरीमा प्रस्तावना तथा रिपोट लेखन तालिम शुरु

<span class='c1'>दमक पब्लिक लाइब्रेरीमा प्रस्तावना तथा</span> <span class='c2'>रिपोट लेखन तालिम शुरु</span>

नगेन्द्रमणि न्यौपाने

दमक | दमक पब्लिक लाइब्रेरीले आजबाट युवा हरुलाई लक्षित गरि ७ दिने प्रस्तावना तथा रिपोट राइटिङ लेखन सम्बन्धिको तालिम शुरु गरेको छ । दमक नगर पालिकाको सहकार्यमा शुरु भएको उक्त तालिमको दमक नगर पालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले उद्धघाटन गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका दाहालले आजको शिक्षा व्यावहारिक हुन नसक्दा कार्यसम्पादनमा समेत समस्या हुने गरेकाले युवाहरुले जति सक्दो धेरै भन्दा धेरै कुराको जानकारी राख्न आवश्यक रहेको बतयाउनु भयो । तालिमका सहभागिहरुलाई प्रस्तावना तथा रिपोट लेखनसम्बन्धि राजीब कर्णले सहजिकरण गर्नु लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरि आजबाट नै बयस्कहरुलाई लक्षित गरि इन्टरनेट टेक्नोलोजी सम्बन्धिका कुराहरु मुबाईल मार्फत कसरी चलाउन सकिन्छ भन्ने विषयमा तालिमा पनि संचालन गरिने न्यौपानले जानकारी दिनु भयो । यसैगरि उक्त आइटि सम्बन्धि तालिमको दमक नगरपालिकाका आइटी प्राविधिक समिप चुँडालले गर्नुहुने जनाईएको छ ।

लाइब्रेरीका संचालक सदस्य भरत चम्लगाईले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष जीवन सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिब हरि सिटौलाले कार्यक्रमको ओचित्यमाथि स्पष्ट पार्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्