क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा ५२ जना खेलाडी छनोट

<span class='c1'>क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा</span> <span class='c2'>५२ जना खेलाडी छनोट</span>

श्रीलंकामा हुन लागेको एसिसि अण्डर नाइन्टिन क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा ५२ जना खेलाडी छनोट गरिएको छ ।

सोही क्रममा अण्डर नाइन्टिनका प्रशिक्षक विनोद दासले पूर्वाञ्चलका लागि विराटनगरमा पनि खेलाडीहरुको प्रारम्भिक छनोट गराउनु भएको थियो । पूर्वाञ्चलबाट १ सय ५२ जना खेलाडीको सहभागिता रहेकोेमा क्लोज क्याम्पका लागि ३ जना खेलाडी छनोटमा परेका छन् । जसमा मोरङका फिर्तोश अन्सारी, झापाबाट सन्दिप ढुङ्गाना र सप्तरीबाट मुकुन्द यादव रहेका छन् । अण्डर नाइन्टिनको टोलीमा यसअघि नै विराटनगरका ललित नारायण राजवंशी परिसकेका छन् । अब क्यानले मंसिरको दोश्रो सातादेखि काठमाडौंमा क्लोज क्याम्प राख्ने जनाइएको छ । क्यानले नयाँ युवा खेलाडी खोजी गर्न काठमाडौं, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा र कलैयाबाट खेलाडी छनौट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्