६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन

<span class='c1'>६ दिने अपराध अनुसन्धान</span> <span class='c2'>घुम्ती प्रशिक्षण समापन</span>

जिल्ला प्रहरी कार्यालयमा सञ्चालित ६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन भएको छ ।
गत बिहीबारबाट सञ्चालित तालिम समापन भएको हो । समापनका अवसरमा तालिममा सहभागी प्रहरीहरुलाई मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी जवान र हवल्दारहरुलाई लक्षित गरेर आयोजना गरिएको तालिममा जिल्ला प्रहरी कार्यालयसहित मातहत प्रहरी कार्यालयका ३९ जना प्रहरी जवान र हवल्दारहरुको सहभागिता थियो । तालिममा सहभागीलाई अपराध अनुसन्धानको नयाँ तरिकाका साथै मुद्दा दर्ता गर्दा लेखिने कागजलगातयका विषयमा प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । सहभागीलाई प्रहरी निरीक्षक कविन्द्र कार्की र प्रहरी नायब निरीक्षक विशेश्वरप्रसाद सुनरैत यादवले प्रशिक्षण दिनुभएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्