कोशी-हरैचामा आगालागीबाट दुई लाख बराबरको क्षति

कोशी-हरैचामा आगालागीबाट दुई लाख बराबरको क्षति

मोरङ, मंसिर १४ गते। मोरङ जिल्लाको कोशी-हरैचा नगरपालिका १ विराटचौक बस्ने गोपाल थापाको खेतमा राखीएको धानको कुन्युमा सोमबार आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ। थापाको काटेर थुपारेको धानको कुन्युमा अपरान्ह ४ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट थापाको अन्दाजी एक सय पचास मन दान जलेर क्षति भएको बताइएको छ। आगलागी ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटि गएको प्रहरी र वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्