विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही

<span class='c1'>विद्युत् महसुल नबुझाउने</span> <span class='c2'>२५२ ग्राहकलाई कारबाही</span>

सुरुङ्गा-समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारबाहीको सूचीमा राखेको र उनीहरुबाट रु एक करोड १५ लाख ६० हजार बक्यौता उठाउने लक्ष्य राखिएको छ ।

“पच्चिस हजारभन्दा बढी कसैको पनि बक्यौता छैन,” सिंहले भने । दुई महिनासम्म बक्यौता नतिर्ने ग्राहकको जुनसुकै बेला लाइन काटिन सक्ने उनले बताए ।

यस्तै प्राधिकरणले विजुली चोर्नेबाट रु पाँच लाख बराबरको सामान जफत गरेको छ । प्राधिकरणको टोलीले आज शरणामती, कनकाई नगरपालिका र मदरगाछबाट उक्त सामान बरामद गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्