ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

<span class='c1'>ट्याक्टर दुर्घटनामा एकको</span> <span class='c2'>मृत्यु, दुई घाइते</span>

तेह्रथुम, मंसिर १६

तेह्रथुमको लालीगुरास-१ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मे १ त १८८० नम्बरको ट्याक्टर राती १२ बजेतिर लालीगुरास-१ स्थित घुर्मिते भन्ने स्थानमा सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

दुर्घटनामा ट्याक्टरमा सवार पाँचथर नागिन घर भई सोही ठाउँमा होटल गरी बस्ने ४८ वर्षिया रुपमिना योङ्गहाङ्गको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै घाइतेहरुमा ट्याक्टर चालक संखुवासभा तामाफुक १ बस्ने ३१ बर्षिय बलबहादुर तामाङ् र सह-चालक २७ बर्षिय सन्तोष तामाङ्ग घाइते रहेका छन्।

घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने घटनास्थलमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिगएको प्रहरीको टोलीबाट कानूनी प्रकृया पुरा गरिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्