इटहरी मंसिर १६ ,
सेवाग्राहीसँग १० हजार घुस लिएको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकाका इञ्जिनियर नरेश श्रेष्ठबिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।
ड्रेन निर्माण कार्यको रकम भुक्तानि दिने बहानामा १० हजार घुस मागेको सूचनाका आधारमा खटिएको अख्तियार टोलीले इञ्जिनियर नरेश श्रेष्ठलाई रंगेहात पक्राउ गरेको थियो ।
अख्तियारले श्रेष्ठबिरुद्ध १० हजार बिगो दावीसहित बिशेष अदालतमा आज मुद्धा दायर गरेको छ ।