हैट !! विराटनगरको धुलो .. (फोटो फिचर)

<span class='c1'>हैट !! विराटनगरको धुलो</span> <span class='c2'>.. (फोटो फिचर)</span>

बिराटनगर मङ्सिर १७ , विराटनगरका सडकमा धुलोले हिड्न सकिने अवस्था छैन अहिले । एसियाली विकास बैंकको आर्थिक सहयोगमा विराटनगरमा चलिरहेको विकास निर्माणमा देखिएको अबैज्ञानिक तथा अव्यवस्थित निर्माणले विराटनगरको अवस्था झनै अस्तव्यस्त बनाएको स्थानीय बताउँछन् । विराटनगरको मेन रोड , राजमार्ग , भित्री सडक सबै तिर धुवाँले शा स फेर्न पनि कष्टकर हुने गरेको छ । सडकमा धुलोले अगाडिबाट आइरहेको सवारीसाधन देख्न पनि हम्मेहम्मे पर्ने गरेको अवस्था अहिले विराटनगरमा सृजना भएको छ । विराटनगरका अस्पतालमा पनि श्वासप्रश्वासमा समस्या भएर बिमारीहरु आउने गरेको अस्पतालहरु बताउँछन् । तर यस परियोजनालाई हेरिरहेको विराटनगर उपमहानगरपालिकाले भने अहिलेसम्म वातावरणलाई बिग्रन नदिन कुनै कदम अगाडि ल्याएको छैन । नयाँ कार्यकारी अधिकृत फेरिए पनि वातावरण मैत्री विकास निर्माणका लागि नयाँ कार्यकारीबाट पनि कुनै पहल भएको देखिदैन । विराटनगर उपमहानगरपालिकालाई अनुरोध , विराटनगरबासिको स्वास्थ्यलाई पनि ख्याल गरेर विकास निर्माणकार्य अगाडि बढाइदिनु होला ।

dhulo-brtdhulo-brt1dhulo-brt2

तस्बिर : Saihainsa Siddiqui

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्