हराएका बालबालिकालाई अभिभावकको जिम्मा लगायो

<span class='c1'>हराएका बालबालिकालाई अभिभावकको</span> <span class='c2'>जिम्मा लगायो</span>

विराटनगर मङ्सिर १७ , लेटाङ-९ स्थित पब्लिक सेन्टर बोर्डिङ स्कुल र महाभारत माविमा अध्ययनरत जातेँ घर भएका हराइरहेका  ४ विद्यार्थीलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । हराएका विद्यार्थीहरुमा १० वर्षका गणेश राई , ११ वर्षका विमल राई , ८ वर्षका शिशिर राई र ६ वर्षकी रिना लिम्बू स्कुुलबाट घर फर्किने क्रममा हराएका थिए । उनिहरु भाउन्नेको जंगलको बाटो हुदै महेन्द्र राजमार्गतर्फ जादै गर्दा प्रहरीले उनिहरुलाई फेला पारेको प्रहरीले बताएको छ । उनिहरुले लगाएको पोशाकको आधारमा उनिहरुलाई विद्यालयको सम्पर्कमा ल्याएर अभिभावकको जिम्मा लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्