मोरङ, मंसिर २०
मोरङको रंगेली-५ मा आइतबार दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।
अपरान्ह ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १० प १८०३ नम्बरको मोटरसाइकल र मे २ प ७६०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।
दुर्घटनामा दुवै मोटरसाइकलका चालक रंगेली-११ बस्ने ३१ बर्षिय रविन यादव र रंगेली-५ का राजेश मण्डल घाइते भएका छन्। घाइते दुवैको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।