कोर्ट उद्घाटन संगै खेल प्रतियोगीता

<span class='c1'>कोर्ट उद्घाटन संगै</span> <span class='c2'>खेल प्रतियोगीता</span>

विजय धिमाल

राजघाट १९ मंसिर

मोरङको राजघाट दुर्गापुरी स्थित राजघाट प्रहरी कर्मचारी, स्थानिय जनताको आर्थिक सहयोग तथा श्रमदान बाट करीब एक लाख बराबरको ब्याटमिन्टन कोण निर्माण गरी बिधिवत रुपले उद्घाटन गरिएको छ । कोणको उद्घाटन संगै राजघाट ब्यडमिन्टन क्लबको आयोजनामा पहिलो पटक वान डे खुल्ला नकआउट ब्याडमिन्टन प्रतियोगीता समेत भएको हो । प्रतियोगीतामा मोरङको मधुमल्ला, इटहरा, सोम्बारे, बेलबारी, उर्लाबारी, राजघाट त्यस्तै झापाको दमक, बेलडाँगी, लखनपुर लगायतका १७ बटा टिम सहभागी भएका थिए । प्रतियोगीतामा प्रथम, द्वितिय र त्रितिय क्रमश मधुमल्ला टमिका मान बहादुर तमाङ र जित बहादुर राई, उर्लाबारी टिमका भेषराज फागो र पंकज शाक्य र उर्लाबारीकै टिम राजकुमार राई र दुर्गा पोमु खेलाडीलाई ट्रफि, प्रमाण–पत्र संगै नगद रकम द्वारा पुरस्कृत संगै सम्मान गरीयो । यसैबिच कोण निर्माणमा सहयोग गर्नुहुने राजघाट ९ का प्रेम लुङफुङवा, राजघाट ५ का शुक्र घिसिङ, राजघाट ५ का अर्जुन नाल्बो, राजघाट ५ का हेमराज गुरुङ, राजघाट ९ का पोष्टबहादुर मगर, राजघाट ७ का पुर्णबहादुर गुरुङ, राजघाट ५ का रमेश बस्नेत, राजघाट ३ का इन्द्र सुब्बा, राजघाट ५ का योगराज सुब्बा, राजघाट ५ का यूबराज बस्नेत, राजघाट ५ का कमल जोजो वाइबा र राजघाट ५ का छवि योङहाङ जनही पाँच हजार भन्दा माथी आर्थिक सहयोगीदाताहरुलाई सम्मान गरीएको थियो । उद्घाटन सम्हारोका प्रमुख अतिथिले आफ्नो मनतव्यको क्रममा राजघाटका मनकारी व्यक्तिहरु संगै स्थानिय वासीको एकतामा स्वास्थ्यका लागी खेल भन्ने भावना बुझेर ब्यडमिन्टन कोण निर्माण गएिकोमा धन्यबाद दिदै खुसि व्यक्त गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राकुमार राई, अतिथिमा स्थानिय राजनैतिक दलका प्रमुख, समाजसेवि, बुद्धिजिवि, व्यबसायी र उर्लाबारी बाट न्यानो टिम नेपालका अध्यक्ष पुर्ण सिंघक लिम्बु रहेका थिए भने ब्याड मिन्टन कोण निर्माण समितिका संयोजक शुक्र घिसिङको सभापतित्वमा कार्यक्रमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्