प्रेम देवान
विराटनगर २० मंसिर
राष्ट्रिय जनता पार्टी राजावादीका सहमहामन्त्री रामकुमार खातीले हिन्दुधर्म र राजसंस्थाको अन्त्य गर्न पश्चिमा देशहरु लागी परेको आरोप लगाउनु भएको छ ।
ग्रामिण समाजसेवा केन्द्र सुनसरीले आइतवार बेलुका दुहवी भलुवा नगरपालिका स्थित प्राष्टोकी २ मा गरेको रामजानकी विवाह उत्सव कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
देशको मूख्य मेरुदण्डमा प्रहार गरेर नेपालको पहिचान मेट्ने कार्यमा लागेका केही व्यक्तिहरुका कारण देश गम्भिर मोडमा पुगेको सहमहामन्त्री खातिको भनाइ थियो । पस्चिमाहरुले पैसाको प्रलोभनमा पारेर केही मतियारहरु तयार गरेको र देशको अस्मिता लुट्ने प्रयास भइरहेको आरोप उहाँले लगाउनु भयो । महामन्त्री खातिले जातीय राज्यमा देशलाई भाड्ने र धार्मिक तथा जातीय दंगा मच्चाएर नयाँ धर्म भित्राउने योजना भएको भन्दै सवैमा सचेत रहन आग्रह गर्नु भयो ।
जातअनुसार राज्य बाढ्दै हिड्ने हो भने नेपालमा रहेका १सय २३ जातलाई राज्य दिन आबश्यक रहेको बताउनु भयो । नेपालको संस्कृति,भेष,भुषा माथि राजनीति भइरहेकाले यसको जगेर्नामा सवै सजग रहन आग्रह गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा थारु समुदायका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम गरेका थिए । थारु महिला तथा पुरुष समूहले गरेको कार्यक्रममा महिलाहरुले झाम्टा तथा पुरुषहरुले विभिन्न सांस्कृतिक नाच प्रस्तुत गरेको क्लवका अध्यक्ष महेश कुमार माझीले जानकारी दिनुभयो ।