बिराटनगरको नयाँ बसपार्कको शिलान्यास

बिराटनगरको नयाँ बसपार्कको शिलान्यास

विराटनगर, मंसिर २० – बिराटनगरमा नया बन्न लागेको बसपार्कको शिलान्यास भएको छ ।  विराटनगर बसपार्क निर्माण गर्ने सम्झौता भएको आठ महिनापछि बल्ल शिलान्यास भएको हो ।  नगर विकास कोषले जर्मन विकास बैंकको सहयोगमा विराटनगर बसपार्क बनाउन लागेको हो ।

बसपार्कनिर्माण  आठ करोड ४७ लाख रुपैयाँमा सम्पन्न हुने भएको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले जानकारी दिनुभयो । यस अघि दुई पटकसम्म सम्झौता भएर पनि रद्द भएको बसपार्क निर्माणको काम गर्ने बारेमा सम्झौता भएको झण्डै ८ महिना पछि निर्माणको काम सुरु हुने भएको छ । बसपार्क निर्माणका लागि भएको सम्झौता अनुसार कोषको ९० प्रतिशत लगानी रहने छ । बसपार्क निर्माणमा नेपाल सरकारले साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गर्नेछन् । नगर विकास कोषले बसपार्क निर्माणको लागि ९ प्रतिशत ऋणमा जर्मन विकास बैङ्कबाट रकम उपलव्ध गराएको हो । एक विगाहा ११ कठ्ठा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ । पहिलो तलामा रेष्टुरेन्ट, व्यागेज रुम, रहने व्यवस्था हुने छ  ।  बसपार्क निर्माण सुरु हुने भएपछि वैकल्पिक बसपार्कको रुपमा नजिकै रहेको नागेश कोइरालाको जग्गा प्रयोग गरिने भएको छ । वैकल्पिक बसपार्कका लागि व्यवसायीले मासिक जग्गाको भाडा एक लाख ५० हजार रुपैयाँ तिर्ने सहमति भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्