अन्तर स्कूल क्रिकेट प्रतियोगिताकाे अाजकाे खेलमा गोदाबारी र मार्टस स्कूल विजयी

अन्तर स्कूल क्रिकेट प्रतियोगिताकाे अाजकाे खेलमा गोदाबारी र मार्टस स्कूल विजयी

२१ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा गोदाबारी र मार्टस स्कूल विजयी भएका छन् ।
प्हिलो खेलमा विराटनगर–१६मा रहेको गोदाबारी स्क्ुलले नयाँ बजारको नेशनल नमुुना स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २९ रनको योगफल तयार पारेको थियोे । जस्मा रनजीत सहनीले ४३ रन र अतिरिक्त ४० रन पाएको थियो । गोदाबारीका अरुण यादबले ३ विकेट लिएका थिए ।
जवाफमा १ सय ३० रनको विजय लक्ष्य पछ्याएको गोदाबारीले १७ ओभरमा ५ विकेटको नोक्सानीमा सो वियग लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच सोरभ सोनिले नट आउट ४७ रनको योगदान गरेका थिए । नमुनाका आयूसले ५ विकेट लिएका थिए ।
दोस्रो खेलमा मार्टस मेमोरियल स्कुलले कान्तिपूर स्कूललाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १८ रनको योगफल तयार पारेको थियोे । जस्मा सुदिप ढुंगाानाले ३४ रन र रितिक कामतले २५ रन योगदान दिएका थिए । माट्र्सका दिवश चौधरीले ३ विकेट लिएका थिए ।
जवाफमा १ सय १९ रनको विजय लक्ष्य पछ्याएको माट्र्सले १७ ओभर ५ बलमा ८ विकेटको नोक्सानीमा सो वियग लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच सुरज ठाकुरले नट आउट २७ रनको योगदान गरेका थिए । कान्तिपुरका विकाश कामतले ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्