सोनापुर स्थित पोली फर्म उद्योगमा आगलागी, तीन कामदार घाइते

सोनापुर स्थित पोली फर्म उद्योगमा आगलागी, तीन कामदार घाइते

सुनसरी, मंसिर २२

सुनसरीको सोनापुर-१ स्थित हनुमन्त पोली फर्ममा मंगलबार साँझ आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्।

घाइतेहरुमा दुहवी-४ बस्ने ४० बर्षिय दिलिप चौधरी, भारत बिहार हाजीपुर बस्ने २५ बर्षिय राजु यादव र काठमाण्डौ सतुङ्गल बस्ने ३५ बर्षिय अमृत श्रेष्ठ रहेका छन्।

उनीहरु उधोगमा लागेको आगो नियन्त्रण गर्नेक्रममा आगोले पोलेर घाइते भएका हुन्।

घाइतेहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

साँझ सवा ६ बजेतिर उधोगमा अचानक आगलागी भएको बुझीएको छ। आगलागी नेपाली सेना, नेपाल प्रहरी तथा ईनरुवा, ईटहरी, धरान, विराटनगर, बिर्तामोड, दमक, काकडभिट्टा र राजिवराजबाट आएको दमकलको प्रयासमा बिहान २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ।

आगलागीको क्षतिको बिवरण संकलन गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

त्यसैगरी ताप्लेजुङको साँवा गाविस १ चमचुङ वस्ने भिम बहादुर लिम्वुको घरमा मंगलबार बिहान अचानक आगलागी हूँदा लिम्बुको एक तले घर र घरभित्र रहेको सामानहरु जलेर अन्दाजी एक लाख बयालिस हजार बराबरको क्षति भएको छ। घरमा लागेको आगो गाउँलेको सहयोगमा नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्