आर्दश र नमुना स्कूल विजयी

<span class='c1'>आर्दश र नमुना</span> <span class='c2'>स्कूल विजयी</span>

२२ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता बुधबारको खेलमा आर्दश र नमुना स्कूल विजयी भएका छन् ।
पहिलो खेलमा आर्दश माविले आडिसी स्कूललाई १९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभर खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ३४ रनको योगफल तयार पारेको थियोे । जस्मा विवेक निरौलाले ३० रनको योगदान दिएको छ । ओडिसीका नहिम खानले ३ विकेट लिएका थिए ।
जवाफमा १ सय ३५ रनको विजय लक्ष्य पछ्याएको आडिसीले १८ ओभरमा सवै विकेट गुमाई १ सय १५ रन मात्र बनाउन सक्यो । जस्मा निकेश देवले २२ रनको योगदान गरेका थिए । आर्दका विपिन दाहालले ३ विकेट र म्यान अफ द म्याच विनय यादबले २ विकेट लिएका थिए ।
दोस्रो खेलमा नमुना विद्या मन्दिरले जेम्स इन्टरनेशनल स्क्ुलले सुपर ओभरमा पराजित गरेको छ । सुपर ओधरको १ ओभरमा जेम्सले १ विकेछ गुमाई ६ रन मात्र बनाउन सक्यो । उता नमुनाले ७ रनको विजय लक्ष्य ४ बलमा पुरा गर्यो । यस अघि टिस जितेर ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरको खेलमा १२ दशमलव ४ बलमा सवै विकेट गुमाई ८७ रनको योगफल तयार पारेको थियोे । जस्मा रिवाज डोटेलले १७ रन योगदान दिएका थिए । जेम्सका निरज बस्नेतले ३ विकेट लिएका थिए ।
जवाफमा ८८ रनको विजय लक्ष्य पछ्यौको जेम्सले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई त्येतिनै रन बनाए पछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो । जस्मा आषिस दाहालले १६ रन योगदान दिएका थिए । नमुनाका म्यान अफ द म्याच आवान राजवंशी र अनिष श्रेष्ठले समान ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्