अन्तर स्कूल क्रिकेट प्रतियोगिताकाे अाजकाे खेलमा सिर्जना ज्ञानकुञ्ज र डिएभि विजयी

अन्तर स्कूल क्रिकेट प्रतियोगिताकाे अाजकाे खेलमा सिर्जना ज्ञानकुञ्ज र डिएभि विजयी

२२ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता विहिबार भएका खेलमा सिर्जना ज्ञानकुञ्ज र डिएभि विजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ ।
पहिलो खेल शिक्षादिप स्कूल र सिर्जना ज्ञानकुञ्ज हुनु पर्ने खेलमा शिक्षादिप स्कूल समयमा मैदानमा नआए पछि वाक ओभरमा सिर्जना ज्ञानकुञ्ज विजयी भएको हो ।
दोस्रो खेलमा डिएभि स्कूलले श्रीराम स्कुलले २ विकेटले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको श्रीरामले निर्धारित २० ओभरको खेलमा १० दशमलव १ बलमा सवै विकेट गुमाई ७४ रनको योगफल तयार पारेको थियोे । जस्मा महमद अलीले १० रन तथा २६ रन अतिरिक्त पबाएको थियो । डिएभिका म्यान अफ द म्याच राज चौधरीले ४ विकेट लिएका थिए ।
जवाफमा ७५ रनको विजय लक्ष्य पछ्यौको डिएभिले १८ दशमलव २ बलमा ८ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । जस्मा राज चौधरी र अनित भएकाले ११–११ रन योगदान दिएका थिए । श्रीरामका सुवास मण्डलले ४ ओभरमा ४ रन दिएर ५ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्