इटहरीमा ठक्करबाट प्रहरी जवान घाइते

इटहरीमा ठक्करबाट प्रहरी जवान घाइते

इटहरी मङ्सिर २३. सुनसरीको इटहरी उपमहानगरपालिका १० स्थित ट्रान्सपोट लाईनमा राती ९ बजे सिआरभि पोष्ट खनारबाट गस्तीमा रहेका दुई प्रहरीलाई बा ८ च २८६८ नम्बरको स्कारपियो जीपले ठक्कर दिएको छ। ठक्करबाट प्रहरी जवान बिक्रम कार्की र हेमराज पाण्डे सामान्य घाइते भएका छन।
साँझ १९:३० बजे सडक किनारमा सिटी चालक लडिरहेको देखेर उठाउन जाँदा ईटहरीबाट तिव्र गतिमा आएको जीपले उनीहरुलाई ठक्कर दिएको थियो। जीपको ठक्करबाट बा. १ झ ८०९० नम्बरको सिआरभि भ्यानको ढोकामा समेत सामान्य क्षति पुगेको छ। घाइते प्रहरीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्