जेष्ठ नागरिक समुहको सम्मान तथा हिसाब सार्वजनिक कार्यक्रम

जेष्ठ नागरिक समुहको सम्मान तथा हिसाब सार्वजनिक कार्यक्रम

विजय धिमाल
राजघाट २३ मंसिर
मोरङको टाँडी १ तिल्केनी स्थित जेष्ठ नागरीक एकता समुहले २०७३ सालको देउसेभैलो स्वरुप नाचको हिसाब सार्वजनिक तथा सम्मान कार्यक्रम गर्दै औपचारीक रुपमा बिहिवार सम्पन्न गरेको छ ।
समुह बाट देउसेभैलो स्वरुप नाच हिडेका २१ जना युवायुवतीहरुलाई प्रशंसा पत्र द्वारा सम्मान गर्दै अतिथिहरुलाई समेत मायाको चिनो प्रदान गरेका थिए । समुहले देउसेभैलो स्वरुप नाच बाट यो वर्ष २ लाख ४५ हजार संकलन भएको कार्यक्रममा हिसाब सार्वजनिक गरेका थिए । समापन कार्यक्रम ढिलै भएतापनि समुहका सदस्य र स्थानियवासी बिच सम्बन्ध प्रगाढ बनाउन साथै समुहको भवन निर्माण्मा सहज होस भनि कार्यक्रम आयोजना गरीएको समुहको भनाई छ । यस समुहले विगत २०७१ साल देखि विविध कार्यक्रमहरुमा निरन्तरता दिदै आएको स्थानियहरु बताउछन । यस समुहले २०७१ सालमा देउसेभैलो स्वरुप नाच हिडेको रकमले एक बठ्टा जग्गा खरिद गरीसकेका छन । सोही स्थानमा सामुदायीक भवन निर्माण गर्न सहयोग पुग्छकी भन्ने हेतुले यस वर्ष देउसेभैलो स्वरुप नाच हिडेको समुहमा आबद्ध अनिल कुमार राईले बताए । नाचको रकमले मात्रै भवन निर्माण सम्पन्न हुन सक्दैन यसका लागी स्थानिय गाविस र जिविस संग माग गर्ने योजना छ, हाल सम्म हाम्रो समुहलाई स्थानिय गाविस र जिविसले साथ सहयोग गर्दै आएको समुहका अध्यक्ष लाल बहादुर गजमेर बताउछन । थप्दै राज्यले जेष्ठ नागरीकको हकमा जाति अनुसार भत्ता दिने चलनछ यसो नभएर एकरुपताका साथ जाति नछुटाई उमेरको हकमा समान रुपले भत्ता विनियोजन गरे राम्रो हुनेथियो । जेष्ठ नागरीक सामुदायीक भवन जति सक्दो चाँडो भन्दा चाँडो निर्माण गरिने जेष्ठ नागरीक एकता समुहका उपाध्यक्ष खड्क बहादुर माखिम बताउछन ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य÷मोरङ जिल्ला इन्चार्ज रुपनारायण श्रेष्ठ अतिथिहरुमा जेष्ठ नागरीक जिल्ला सदस्य भगिरथ आर्यल, जेष्ठ नागरीक वडा सचिव मकर चाम्लिङ राई लगायत स्थानिय राजनैतिक दलका प्रमुखहरु, बिभिन्न संघसंस्था साथै स्थानिय बुद्धिजीवि समाजसेवि रहेका थिए भने जेष्ठ नागरीक एकता समुहका अध्यक्ष लाल बहादुर गजमेरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्