दुर्घटनामा बहिनीको मृत्यु दिदी घाइते

<span class='c1'>दुर्घटनामा बहिनीको मृत्यु</span> <span class='c2'>दिदी घाइते</span>

सिरहा, मंसिर २५

सिरहाको लहानमा शुक्रबार अपरान्ह ट्याक्टरको ठक्करबाट बहिनीको मृत्यु भएको छ भने दिदी घाइते भएकी छिन्।

मृत्यु हुनेमा सप्तरी हरिपुर १ बस्ने अन्दाजी १५ वर्षकी श्यामाकुमारी चौधरी रहेकी छिन्।

त्यस्तै घाइते हुनेमा मृतककी दिदी वर्ष १६ की बबिता कुमारी चौधरी छिन। घाइतेको रा.उ. स्मारक हस्पिटल लहानमा उपचार भइरहेको छ।

अपरान्ह १६१५ बजे दिदी बहिनी सवार साइकललाई लहान नगरपालिका ११ पडरीयामा पूर्वतर्फ जादै गरेको स. १ त १८०२ नम्बरको ट्याक्टरले पछाडीबाट ठक्कर दिएको थियो।

ठक्करबाट साइकल पछाडी सवार रहेकी श्यामाको उपचारकालागी लहानतर्फ लैजानेक्रममा मृत्यु भएको छ।

ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार भएकालले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्