तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते

तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते

तेह्रथुम।धरानबाट तेह्रथुमको म्याङ्लुङ लागि छुटेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। पहाडी सुपर नामको ना ४ ख २८६५ नम्बरको बस सडकबाट करिव सय मिटर तल खसेको हो।

मृत्यु हुनेमा एक महिला, एक पुरूष र एक बालिका छन्। २८ जना घाइते उपचारका लागि जिल्ला अस्पताल तेह्रथुमतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।

जिरीखिम्ती सडक खण्डको गढी जंगलमा ब्रेक फेल भएर बस खसेको प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालले जानकारी दिए।

विस्तृत विवरण आउन बाकि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्