१५ हजार तिरे लाइसेन्स घरमै !!

<span class='c1'>१५ हजार तिरे</span> <span class='c2'>लाइसेन्स घरमै !!</span>

बिराटनगर मङ्सिर २७ ,

कोशी अञ्चल यातायात व्यवस्था कार्यालयले खुलाएको दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स लिने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिने प्रक्रिया सुरु भए संगै यातायात व्यवस्था कार्यालय आसपास बस्ने दलालहरु पनि चलायमान भएका छन् । सरकारले लाइसेन्स निकाल्ने प्रक्रियालाई केही परिवर्तन गरि अहिले थप कडा बनाएको भनेपनि खुलेआम लाइसेन्सको किनबेच हुने तथ्य अगाडि आएको छ । "१५ तिरे त लाइसेन्स मज्जाले पाइन्छ रे , नत्र त गार्‍हो छ रे " यातायात व्यवस्था कार्यालयमा फारम बुझाएर फर्किएका एक युवाले बताए । हामीले पनि यस बारेमा खोजी गर्ने प्रयास गर्यौ । हाम्रो खोजीमा पनि लाइसेन्स १५ देखि २० हजारमा पाइने गरेको तथ्य फेला पार्यौ । पैसा ख्वाउन सके ट्रायलमा फेल भएपनि लाइसेन्स बन्ने आश्वासन लाइसेन्सका दलालले आम जनतालाई भन्ने गरेका छन् । स्रोतका अनुसार पैसा ख्वाएर बनाएको लाइसेन्सहरुको ट्रायल पनि अरुभन्दा फरक र अन्तिममा हुने गरेको छ । प्रत्येक्ष रुपमा यातायातका कर्मचारी यसकार्यमा अगाडि नदेखिने तर भित्र भित्रै दलालले ल्याएका केसहरुलाई कमिसन बाडभाड गरी लाइसेन्स बनाइने गरिन्छ । बिगतमा पनि लाइसेन्स प्रक्रियामा यसरी नै खेलहुने गरेको सबैलाई अवगत नै रहेको छ । लाइसेन्स समयमा नखुल्ने अनि निकै कठिन प्रक्रियालाई छेल्न पनि जनता आफैपनि दलाललाई पैसा दिएर बिना झन्झट सवारीसाधनको लाइसेन्स बनाउने गरेका छन् । अख्तियार र सम्बन्धित निकाएले यस विषयमा समयमै ध्यान नदिए दुर्घटना घटाउन गरिने लाइसेन्सको प्रक्रियाले अझ दुर्घटना तथा भ्रष्टाचारलाई बढाउने निस्चय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्