बिराटनगर मङ्सिर २७ , शनिबार बनभोज गएका युवाहरु बिच वादविवाद हुदा छुरा प्रहार भएको छ । इटहरीको तालतलैयामा १८ वर्षीय सागर लिम्बूलाई संगै वनभोज गएका साथी योगेश राईले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट लिम्बूको ढाड , पेट र हत्केलामा चोट लागेको छ । उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको र छुरा प्रहार गर्ने योगेश सहित ३ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।