महिला फुटबलमा उदयपुर र मोरङ विजयी

<span class='c1'>महिला फुटबलमा उदयपुर</span> <span class='c2'>र मोरङ विजयी</span>

भूमिका पाख्रिन,
लेटाङ मङ्सिर २७ ,
मोरङको लेटाङभोगटेनीमा सञ्चालित पूर्वाञ्चल क्षेत्रीय महिला फुटबल प्रतियोगिताअन्तर्गत आइतबारभएको उद्घाटन खेलहरुमा उदयपुर र मोरङ विजयी भएका छन् । पहिलो खेलमा उदयपुर र खोटाङबीच प्रतिष्पर्धा भएको थियो । निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो । टाइब्रकेरमा ३–२ गोलअन्तरले खोटाङलाई हराउदै उदयपुरको महिला टीम विजयी भएको हो । त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा मोरङ टीम विजयीभएको छ । मोरङले पाँचथरलाई ३–० ले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आइतबारबाट सञ्चालनमा आएको प्रतियोगिता आगामी ३० गतेसम्म चल्नेछ । प्रतियोगितामा पूर्वाञ्चलका ११ टीमको सहभागिता रहेको आयोजक पूर्वाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष शंकर राईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्