आगलागीबाट दश लाख बराबरको क्षति

आगलागीबाट दश लाख बराबरको क्षति

झापाको डाँगीबारी ८ दिपेन्द्र अधिकारीको घरमा सोमबार आगलागी भएको छ।
अधिकारीको घरमा साँझ ५ बजेतिर अचानक आगलागी भएको हो।

आगोले उनको टिनले बनेको घर, नगद पचपन्न हजार, सुन ४ तोला र चाँदी २ तोला जलेको बताइएको छ। आगलागीबाट अन्दाजी दश लाख बराबरको क्षति भएको अनुमान छ। आगो स्थानीयबासी र प्रहरीको प्रयासमा साँझ ६ बजे नियन्त्रणमा आएको छ।

त्यसैगरी संखुवासभाको चैनपुर नगरपाला ११ स्थित लोक बहादुर तामाङ्गको गोठमा गएराती अचानक आगलागी हुँदा उनको अन्दाजी ४० क्युवि फिट काठ र २ वटा सुँगुरको पाठा जल्दा ६० हजार बराबरको क्षति भएको छ।

आगो गाउँले मिलेर बिहान ४ बजे नियन्त्रण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्