धनकुटामा २ दिने निःशुल्क स्वास्थ्य शिविर

धनकुटामा २ दिने निःशुल्क स्वास्थ्य शिविर

धनकुटा, २७ मंसिर । नोबेल अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा धनकुटामा सोमवारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

मोडल हस्पिटल धनकुटाको आयोजना रहेको शिविरमा हाडजोर्नी तथा नसारोग, प्रसुती तथा महिला रोग, बालरोग, मानसिक रोग, छाला तथा यौन रोग, नाक कान घाँटी रोग लगायतका विशेषज्ञ डाक्टरहरुको टोली सहभागि रहेको छ । धनकुटा लगायत भोजपुर, संखुवासभा, तेह्रथुमलगायत जिल्लाहरुबाट बिरामीहरु शिविरमा आएको आयोजकले जनाएको छ ।शिविर उद्घाटन गर्दै पूर्व सांसद गोपाल गुरागाईले बिशेषज्ञ डाक्टरहरु ल्याएर निःशुल्क शिविर आयोजना गरेको प्रति आयोजकलाई धन्यवाद ज्ञापन गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सुझाव दिएका छन । धनकुटा मोडल हस्पिटल ब्यावस्थापन समितिका अध्यक्ष ईन्द्रमणी पराजुली र नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले स्वास्थ्य सेवा सवैको पहुचमा पुर्याउँने उद्धेश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाले शिविरबाट लाभ लिन बिरामीहरुलाई आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्