सोनापुरमा सवारी दुर्घटनामा ६ घाइते

सोनापुरमा सवारी दुर्घटनामा ६ घाइते

सुनसरी, पुस ३ गते।

कोशी राजमार्ग अन्तरगत सुनसरीको सोनापुर-२ मा शनिबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन।

विराटनगरबाट ईटहरीतर्फ जादै गरेको को. १ ख २८८० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा सडकबाट तल खसेको थियो।

दुर्घटनामा बसका चालक सुनसरी धरान १६ बस्ने राजेश दाहाल, बसका यात्रीहरु सुनसरी ईटहरी ६ बस्ने शिव कुमार सरदार, धरान ७ बस्ने निर्मल राई, ईटहरी १० की सिरा आचार्य, भोजपुर मानेभन्ज्याङ १ बस्ने प्रदिप विश्वकर्मा र भक्तपुर घर भई नोबेल मेडिकल कलेजमा अध्ययनरत सलिमा लिम्बु सामान्य घाइते भएका छन्।

घाइतेहरुको स्थानीय सामुदायिक अस्पतालमा उपचार गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्