मिस्ट्री डान्स गाइज सेन्टरका मेनेजजिङ डाईरेक्टर तथा कोरीयोग्राफ रेमाे रायसँग उक्त सेन्टरले अायाेजना गर्न लागेकाे फुट फर डान्स कार्यक्रमकाे सेराेफेराेमा रहि हाम्रा सम्वाददाता प्रेम देवानले गर्नु भएकाे कुराकानीकाे अंश:
फुट फर डान्स फोर किन गर्दै हुनुहुन्छ ?
हाम्रो खुटा के लागी हो त पक्कै पनि डान्सको लागी हो नी ? त्यही भएर हो , यि हाम्रा खुटा डान्स गर्न बनिसकेकाले विगत हामीले ४ बर्ष देखी विराटनगरमा फुट फर डान्स गराउदै आएका छौ ।
कतिको आवश्यक ठान्नुभएको छ त विराटनगरमा गराउनुपर्छ भनेर ?
पक्कै पनि आवश्यक छ यस्ता कार्यक्रम गरानु हामीले भारतको मुब्बई, कलकत्ता, बब्बई,सिक्कीम जस्ता स्थानहरुमा गएर डान्स सिकेर आयाैं अनि त्यहांको डान्स रियालिटो सो देर्खौ अब हामीले पनि नेपालमा गएर यस प्रकारका डान्स सो गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो सो आज हामी गराउदै पनि छौ र अर्को कुरा विराटनगरमा पनि डान्सलाई माया गर्ने धेरै हुनुहुन्छ ं उहांहरुले पनि गर्नुपर्छ भनेर जुन हौसला दिईरहनुभएको छ ।
कार्यक्रममा के कस्ता प्रस्तुति रहेने छ र कहां कहां आउदै छन् सहाभागीहरु ?
हाम्रो आफ्नै डान्स सेन्टरको ५ देखी ६ वटा सम्म ग्रुपिङ डान्सका आईटमहरु रहने छ ,साथै कार्यक्रमको विचविचमा फेशन शोको र्याम्प वर्क रहने छ जो यही विराटनगरका लेडिज मोडलहरु र्याम्प वर्कमा हिड्ने छन् । यसका अलवा भारतको कोलकत्ता,काडमान्डौबाट पनि कलाकारको विशेष प्रस्तुति रहने छ ।
त्यसो भए कार्यक्रम हेर्न चाही कहां – कहांबाट हेर्ने आउने अपेक्षा राख्नुभएको छ ?
विराटनगरमा यसपाली अन्य वर्षहरु भन्दा भव्य र फरक रुपमा गर्न गईरहेका छौ । हामीले स्टेज डेकाेरेसन कै लागी पनि एक लाख भन्दा माथी खर्च गरेका छौ । हामीले पस्चिम लहान देखी पुर्वी झापा सम्मका दर्शक आउने र टिकट बुकिङ्ग गरिसकेका छन् ।
कार्यक्रममा हास्य कलाकार संन्दिप क्षेत्रिलाईलाई पनि बोलाउदै हुनुहुन्नछ खास गरी उहांको चाही के प्रस्तुति रहने ?
खास गरी हामीले संन्दिप दाईलाई कार्यक्रम होस्टका निमित्त बोलाएका हौं , उहँं आफैमा एउटा हांस्यविदाका कलाकारका रुपमा चिनिनुहुन्छ उहांले आफ्नो कला त्यतिबेला नै दिनुहुन्छ जुन अहिलेलाई गोप्य नै रार्खौ होला ।