विगत केही महिनाको राजनीतिक अवस्था हेर्दा र नेताहरुको भनाइलाई हेर्ने हो भने अब भने चाडैं नै देशमा चुनाव हुने कुरा सकारात्मक हुदै गएको छ । यसै विषयमा मोरङमा चाडैं सुरु हुन लागेको फोटो सहितको मतदाता नामवली संकलन कार्यका बारेमा निर्वाचन कार्यालय मोरङका क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलसंग आवर बिराटनगरका बिबेक दाहालले गरेको कुराकानी :
१) फोटो सहितको मतदाता संकलन कार्य कहिलेबाट सुरु हुदै छ ?
- निर्वाचन कार्यालयबाट २०७३ पुस ११ गतेदेखि माघ २५ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन कार्य हुदैछ ।
२) तयारी कस्तो छ यस वर्षको ?
- मोरङ जिल्लाका ५० गाउँ विकास समिति तथा ८ नगरपालिका गरि १५५ युनिटमा मतदाता नामावली संकलनको लागि तयारी थालेका छौ । कुल ८ वटा समुहले मोरङमा मतदाता नामावलीको लागि खटिनेछन । हरेक समुहमा विभिन्न कामका लागि ७ जनाको टिम रहनेछ । अहिले उनिहरुलाई प्रशिक्षण कार्य संचालन भइरहेको छ । हामी पुर्ण तयार छौ ।
३) यस पटक विगतको भन्दा के फरक छ संकलन कार्य ?
- यसपटक हामीले दावी बिरोध सहितको १६ दिने कानुनी प्रक्रियामा फोटो सहितको मतदाता नामावली संकलन गर्दै छौ । १६ दिन भित्रमा कसैमाथि उजुरी आए उनिहरुलाई अनुसन्धान गरि पुर्जी समेत काटिने छ ।
४) यसवर्ष कति नामावली संकलन गर्ने लक्ष्य लिइएको छ ?
- गत वर्ष पनि हामीले विभिन्न माध्यमबाट कुल २६ हजार भन्दा बढी नामावली मोरङ जिल्लाबाट संकलन गरेका थियौ । यस वर्षको लक्ष्य २५ देखि ३० हजारको राखेका छौ । धेरै मानिस वैदेशिक रोजगारीका लागि बाहिर गएको अनुमानमा साथै धेरै मानिसले बसाइँसराइ गरेको कारण मोरङको मतदाता नामावलीमा केही घटबढ हुने निस्चय छ ।
५) मोरङका जनताले मात्रै मोरङमा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन पाउने हो ?
- होईन , जँहाको मानिसले पनि जुनसुकै ठाउँमा खटिएका निर्वाचन कर्मचारीसंग फोटो सहितको मतदाता नामावलीको लागि नाम टिपाउन सकिन्छ । कर्णालीको व्यक्ति यदि मोरङमा छ भने उसले यहीँ पनि फोटो खिचेर नामावलीमा नाम टिपाउने प्रक्रियामा भाग लिन पाउनेछन् ।