भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो नयाँ शक्ति, सिरहामा जनप्रदर्शन

भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो नयाँ शक्ति, सिरहामा जनप्रदर्शन

अमर पासमान, सिरहा, १२ पुस । भारतसँग जोड्ने लहान–ठाडी सडक निर्माणमा भएको व्यापक भ्रष्टाचार विरुद्ध नयाँ शक्ति पार्टी सिरहाले  विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।

ठाडी बजारबाट हजारौंको संख्यामा निस्कोको मोटरसाइकल र्याली लहानसम्म पुग्यो । र्यालीका क्रममा ठाडी, भगवानपुर, लहान लगायतका बजारमा कोणसभा गरियो । कोणसभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका सचिवालय सदस्य रामरिझन यादबले सडक निर्माणमा भएको भएको भ्रष्टाचारको छानविन गर्न सम्बन्धित निकायसँग माग गरे ।

उनले लहान– ठाडी सडकमा कालोपत्रे गर्न पूर्वाञ्चल सडक डिभिजन कार्यालय लहानले ठेक्का लगाएको बताउँदै सोही कार्यालयका इन्जिनियरसँग ठेक्केदार मिलेर तीन पटक ठेक्का लिएपनि काम नगरेको आरोप लगाए । उनले कर्मचारीको मिलोमतोमा ठेक्केदारले कागजमै काम सकाएर निकासा लिएको खुलासा गरे ।
सडक निर्माणमा भ्रष्टाचार गर्ने इन्जिनियर र ठेक्केदारलाई खबरदारीसहित नाङगो मोटरसाइकल र्याली निकालिएको नेता यादबले बताए । सिरहाका अन्य सरकारी कार्यालयमा पनि भइरहेको खुलेयाम भ्रष्टाचार रोक्न नयाँ शक्ति पार्टीले निरन्तर खबरदारी गरिरहने प्रतिवद्धता जनाए ।naya-650x439

यस्तै कोणसभामा पार्टीका सिरहा संयोजक जिवछ यादब, जिल्ला नेताहरु सुरेन्द्र यादब, रामनारायण यादब, विष्णुदेव यादब, घनश्याम श्रेष्ठ लगायतका वक्ताहरुले मन्तव्य राखेको थियो । उनीहरुले पनि लहान–ठाडी सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गर्न र अविलम्ब उक्त सडक निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्