जवाफदेहीता फोटो प्रतियोगितामा ५० हजार सम्म जित्ने मौका !!

<span class='c1'>जवाफदेहीता फोटो प्रतियोगितामा ५० हजार</span> <span class='c2'>सम्म जित्ने मौका !!</span>

बिराटनगर पुस १३  , देशमा जवाफदेहीता बढाउने उदेश्यले बिकल्प एन अल्टर्नेटिभले राष्ट्रव्यापी रुपमा जवाफदेहीता फोटो प्रतियोगितामा उल्लेखीय मात्रामा जनसहभागिता बढिरहेको छ । जनताहरुले बिभिन्न ठाउँ , अवस्थाका जवाफदेहीता समन्धी तस्बिरहरु पठाइरहेको आयोजक विकल्प सस्थाले जनाएको छ । जवाफदेहीता फोटो प्रतियोगिता अन्तर्गत कुनै पनि कार्यालय तथा सार्वजनिक स्थानमा जवाफदेहीताको प्रयोग तथा उल्लंघन भएका तस्बिरहरु छोटो जानकारी सहित पठाउनुपर्नेछ । फोटोहरु नेपाल अधिराज्यभरबाट पठाउन सकिनेछ । उल्लेखीय जनमानसको सहभागिताको कारण प्रतियोगितामा फोटो पठाउने समय पनि थप गरिएको छ । प्रतियोगितामा भाग लिन अब पौष २१ गतेसम्ममा तस्बिरहरु www.bikalpa.net मा पठाउनुपर्नेछ । प्रतियोगितामा प्रथम हुने उत्कृष्ट फोटोलाई नगद २५ हजार रुपैयाँ पुरस्कार , त्यसैगरी मोबाइलबाट खिचिएको उत्कृष्ट फोटोलाई नगद १५ हजार रुपैया साथै फेसबुकमा सबैभन्दा बढि लाइक ल्याउन सक्ने तस्बिरलाई नगद १० हजार रुपैया प्रदान गरिने आयोजक संस्थाका निर्देशक बसन्त अधिकारीले बताउनुभयो । उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सन एड , एकाउनटेबिलिटि ल्याब , सेभ थ चिल्ड्रेन र वल्ड भिजन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्